नवकान्तिपुरको मुनाफा ५ करोड ९० लाख, १८ प्रतिशत लाभांस दिने
काठमाडौं, ९ असोज ।

काठमाडौंको बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा २२ औं वार्षिकोत्सव (असोज ७ गते) सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष ०७५/७६ मा संस्थाको कुल निक्षेप २ अर्ब १८ करोड १२ लाख ९१ हजार १ सय ७१ रुपैयाँ कायम भएको छ भने कर्जा लगानी १ अर्ब ३५ करोड ५१ लाख २९ हजार ४ सय ६२ रुपैयाँ पुगेको अध्यक्ष सिटौलाले जानकारी दिए ।

त्यस्तै संस्थाको चुक्ता पूँजी ६ करोड १९ लाख १४ हजार ३ सय रहेको छ भने जगेडा तथा अन्य कोषहरु १५ करोड ७८ लाख ५७ हजार ४ सय ८० रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन बचत (मुनाफा) ५ करोड ९० लाख ५४ हजार २ सय ५६ रुपैयाँ रहेको छ । मुनाफाबाट सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरणको लागि प्रस्ताव गरिएको छ ।
साथै संस्थाले कार्यक्षेत्र विस्तार गर्ने र हालको कार्यक्षेत्र अन्तर्गतका काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको ईमाडोल, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा सदस्य सेवाकेन्द्र खोल्ने योजना समेत प्रस्तुत गरेको छ ।
कार्यक्रममा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले आफ्नो स्वागत मन्तब्य व्यक्त गर्दै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पूँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान पु¥याएको बताए । संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार