शिखर साकोसले विपन्नलाई दशैं मनाउन नयाँ कपडा र खाद्यान्न दिने
बिर्तामोड (झापा), ७ असोज । शिखर बचत तथा ऋण सहकारी संस्था (शिखर साकोस)ले आफ्नो ९ औं स्थापना दिवस विशेष कार्यक्रम गरि मनाउने भएको छ ।

‘दशैं आयो खाउँला पिउँला’ चाडपर्वमा कसैले फैलाउनु नपरोस् हात, यसपालीको दशैंमा शिखरले दिन्छ तपाईको साथ, यसपाली दशैं शिखरसँग भन्ने नारा र उदेश्यका साथ विभिन्न कार्यक्रम गरेर मनाउने संस्थाले जनाएको छ ।
असोज ११ गते बिर्तामोडमा आयोजना हुने कार्यक्रममा वृहत रक्तदान, असोज १५ गते विपन्न वर्गका ५० जनालाई नयाँ कपडा, खाद्यान्न वितरण गर्ने भएको हो । साकोसले आफ्ना गाउँठाउँमा रहेका विपन्न व्यक्तीहरु भए जानकारी गराउन सबैसँग आग्रह पनि गरेको छ । २०६७ साल बैशाख २२ गते औपचारिक रुपमा सेवा सुरु गरेको साकोसले छोटो समयमा उललेखनिय उपलव्धी गरेको छ ।
स्थापना कालमा ४४ जना शेयर सदस्यले १ हजारका दरले शेयर लगानी गरेर सुरु गरिएको शिखर साकोसमा हाल ७ हजार ८ सय ३९ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको शेयर पुँजी ४ करोड ७० लाख, बचत रकम ४८ करोड ४३ लाख, ऋण लगानी ५० करोड ८४ लाख र कोषमा १ करोड ५० लाख राख्न सफल भएको संस्थाका सचिव हिमालय प्रसाईले बताए ।
चारजना कर्मचारीबाट सुरु भएको संस्थामा हाल ३४ जना कर्मचारी रहेका छन् । झापाको कनकाई पूर्वलाई कार्यक्षेत्र बनाएर सहकारी सेवा विस्तार गर्ने क्रममा संस्थाको हाल राजगढ र गरामनीमा सेवा केन्द्र संचालनमा रहेको छ भने बिर्तामोडमा मुख्य कार्यालय रहेको छ ।
प्रविधी प्रयोगको हिसाबले झापाकै पहिलो सहकारी संस्थाको नाम बनाएर चर्चामा रहेको शिखर साकोसले मोवाईल बैंकिङ, एसएमएस बैंकिङ, फोन गरे हुन्छ शिखर घरमै आईपुग्छ जस्ता प्रविधीयुक्त सुविधाहरु सुरु गरेको छ । बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सदस्यलाई सेवा दिदै आएको यस संस्थाले २० हजार देखि ५० लाख सम्म ऋण लगानी गर्दै आएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।
सानादेखि ठूला उद्यमी व्यवसायी सदस्यहरुलाई सहज रुपमा ऋण प्रवाह संस्थाले गर्दै आएको छ । यस वर्ष २२६९ जनालाई ऋण लगानी गरिसकेको छ । संस्थाले ७ दिन देखि ३ वर्षसम्मको समय अबधीका लागि ऋण दिने गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार