मंगलपुर बचत सहकारीमा पुनः क्षेत्रप्रसाद सापकोटा
चितवन , ५ भदौ । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा क्षेत्रप्रसाद सापकोटा पुनः अध्यक्ष चयन भएका छन् ।

सहकारीको शुक्रबार सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्ष थप कार्यकाल रहने गरि यसअघिकै सञ्चालक समितिलाई निरन्तरता दिएपछि सापकोटा पुनः अध्यक्ष भएका हुन् ।
सहकारी ऐन २०६४ अन्तर्गत दुई वर्ष कार्यकाल रहने गरी २०७४ सालमा सापकोटाको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति चयन भएको थियो । उक्त समितिको कार्यकाल नसकिँदै २०६४ सालको सहकारी ऐन विस्थापित भएर सहकारी ऐन २०७४ पारित भयो ।
उक्त ऐनले सहकारी संस्थाको कार्यअवधीलाई ४ वर्ष बनाएको थियो । सोही ऐन अनुसार २ वर्ष कार्यकाल थप हुनेगरी सापकोटा सहित ११ जनाकै सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिको कार्यकाल अधिवेशनले थपेको सञ्चालक समितिका सदस्य विष्णुमाया पाण्डेले जानकारी दिइन् ।
सञ्चालक समितिको उपाध्यक्षमा बाबुराम परियार, सचिवमा रामशरण पण्डित र कोषाध्यक्षमा तुलसी न्यौपाने रहेका छन् ।
साधारण सभाले आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन तथा भावी योजना तथा कार्यक्रम पनि पास गरेको छ । साधारण सभाको उद्घाटन भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले गरेकी थिइन् । सो अवसरमा उत्कृष्ठ बचतकर्ता, ऋणी तथा एसईई तथा अन्य कक्षामा उत्कृष्ठ अंक सहित उत्तीर्ण हुने सहकारीका सदस्यका छोराछोरीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार