प्रविधि प्रयोगमा नेचुरल बचत अगाडि, ‘मिस्डकल बैंकिङ’ सेवाको शुभारम्भ
काठमाडौं, ४ असोज
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मिस्ड कल बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे नेचुरल बचतले ‘मिस्ड कल बैंकिङ सेवा’ शुभारम्भ गरेको हो ।
संस्थाको ११ औं बार्षिक साधारणसभा (असोज ३ गते शुक्रबार) बाट ‘मिस्ड कल बैंकिङ सेवा’ शुभारम्भ गरेको संस्थाका अध्यक्ष शर्मिला अमात्यले जानकारी दिईन । यो सेवाको सुरुवातसँगै अब नेचुरलका सदस्यहरुले मोबाईल रिर्चाज र खाताको रकमको जानकारीका लागि ‘मिस्ड कल’ गरेर प्राप्त गर्न सक्ने अमात्यले बताईन ।
सदस्यहरुले मोबाइल रिर्चाजको लागि ९८४८७५४९८० र खाताको रकमको जानकारीका लागि ९८२३०११७९४ मा ‘मिस्ड कल’ गर्नुपर्नेछ । यो नम्बरमा ‘मिस्ड कल’ गरेपछि मोबाईल रिर्चाज र खाताको रकमको जानकारी पाउने व्यवस्था संस्थाले मिलाएको संस्थाको प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । नेचुरलले एटिएम सेवा पनि सुरु गरिसकेको छ । यस संस्था एससिटि नेर्टवकसँग आवद्ध नेपालभरि रहेका बैंक तथा वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्न तथा पिओएस मा पनि प्रयोग गर्न सकिने सेवा प्रदान गरेको पाठकले बताए ।
यसका साथै ‘नेचुरल स्मार्ट एप’ मार्फत खाताको रकम ट्रान्सफर, आफ्नो बारोबारको मिनि स्टेटमेन्ट, मोबाइल रिर्चाज, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, डिस होमको रिर्चाजका साथै स्टक मार्केट र विनिमय दरको दैनिक जानकारी समेत प्राप्त गर्न सकिने । संस्थाले बचत तथा कारोबारलाई थप पादर्शी र बिस्वासिलो बनाउन एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बजार प्रवद्र्धन, व्यवस्थापन र बचत संकलन सहजिकरण गर्न ब्रान्चलेस बैंकिङ सेवा प्रदान गरी प्रभावकारी ढंगबाट कारोबार सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी पाठकले बताए ।
नेचुरल बचतको ८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गरेको थियो ।
संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) कमाएको छ ।
संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
