नेचुरल साकोसको ११ औं साधारणसभा सम्पन्न, खुद नाफा २ करोड ४३ लाख
काठमाडौं । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शर्मिला अमात्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले प्रस्तुत गरेको बार्षिक कार्यक्रम, बजेट तथा प्रगती प्रतिवेदन र लेखा समितिका संयोजक अच्युत काफ्लेले प्रस्तुत गरेको लेखासुपरिवेक्षण प्रतिवेदन सर्वम्वत रुपले पारित गरेको छ ।

८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।
संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) गर्न सफल भएको पाठकले बताए ।
संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यस संस्थाले सदस्यहरुलाई एटिएम सेवा, मोबाईल बैंकिङ सेवा, मिस्ड कल बैंकिङ सेवा लगायतको सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार