५ वैशाख २०८३, शनिवार

प्रदेश ३ सहकारी संघ गठन, अध्यक्षमा रामशरण शर्मा घिमिरे

२०७६ असोज १, बुधबार
प्रदेश ३ सहकारी संघ गठन, अध्यक्षमा रामशरण शर्मा घिमिरे

काठमाडौं, १ असोज

प्रदेश ३ का सहकारीकर्मीहरुको भेलाले प्रदेश संघ गठन गरेको छ । मंगलबार भएको भेलाले रामशरण शर्मा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय तर्दथ सञ्चालक समिति र नेत्रराज पौड्यालको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरेको छ । त्यस्तै तर्दथ सञ्चालक समितिको उपाध्यक्षमा जगतलाल महर्जन रहेका छन् ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको सभापतित्त्वमा सञ्चालन भएको भेलामा चन्द्रप्रसाद ढकाल, महासचिव नेफ्स्कून, के.बी. उप्रेती, अध्यक्ष राष्ट्रिय सहकारी बैंक, धर्मदत्त देवकोटा, लेखा संयोजक, राष्ट्रिय सहकारी महासंघ, ओम देवी मल्ल उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ, मीनराज कंडेल्, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ आदिको उपस्थिति रहेको थियो ।

१५ सदस्यीय सञ्चालक समिति

१. रामशरण शर्मा घिमिरे
२.जगतलाल महर्जन
३.सिता ढकाल
४.भिमप्रसाद दाहाल
५.देवराज न्यौपाने
६.टिकाराम भट्टराई
७.मेनका घिमिरे दाहाल
८.दुर्गा कार्की
९.अम्बिका थापा
१०.हेमलता मुडवरी
११.दिपक शर्मा जंगम
१२.विमलकुमार ढकाल
१३. बालकुमारी श्रेष्ठ
१४.कृष्णप्रसाद तिमिल्सिना
१५. कृष्णभक्त नेपाल

लेखा समिति
१.नेत्रराज पौड्याल
२.लक्ष्मी गिरी
३.कुलप्रसाद देवकोटा

अभिलेख

लोकप्रिय