विशाल को–अपरेटिभले १६ प्रतिशत लाभांश दिने
पोखरा, ३० भदौ
विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा–४ वुद्धविशालबजार कास्कीले आफ्ना सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएपछि गत र्आिर्थक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिन लागिएको संस्थाले जनाएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म ६५ करोड वासलात रहेको संस्थामा ६ करोड ३८ लाख ९ हजार ५ सय रुपैया शेयर रकम रहेको छ । बचत ४६ करोड, २५ लाख ७ हजार १ सय ९७, कर्जा लगानी ४५ करोड, ५७ लाख, ६७ हजार तथा जगेडाकोष २ करोड ९२ लाख २९ हजार रुपैया रहेको संस्थाले गत आर्थिक वर्षमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।
सहकारीहरुले शेयर लगानीमा १५ प्रतिशतसम्म मात्र लाभांश दिदै आएका थिए । सहकारी ऐन २०७४ ले शेयर लगानीमा १८ प्रतिशतसम्म लाभांश दिन सक्ने प्रावधान बनाएपछि सहकारीहरुले शेयर लाभांश वृद्धि गर्न थालेका छन् । शेयर लगानीमा १८ प्रतिशतको सिमा रहे पनि कारोबारका आधारमा संरक्षित पूँजि फिर्ता कोषमार्फत थप रकम प्रदान गर्न सकिने व्यवस्था सहकारी ऐनमा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार