५ वैशाख २०८३, शनिवार

रामकोट बचतको १० औं साधारणसभा सम्पन्न

२०७६ भदौ ३०, सोमबार
रामकोट बचतको १० औं साधारणसभा सम्पन्न

धादिङ, ३० भदौ
निलकण्ठ नगरपालिका–८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थामा हाल १ हजार २ सय जना सेयर सदस्यहरु रहेका छन् । ५ करोड २८ लाख ३४ हजार एक सय शेयर पुँजी रहेको सहकारीले गत वर्ष भन्दा यस बर्ष १३ दशमलप ३६ प्रतिशतले कुल आम्दानी बृद्धि भएको संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले बताए ।

समुदायमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी समुदायको आर्थिक स्तर अभिवृद्धि गर्ने उदेश्यले २५ जना युवा मिलेर २०६४ सालमा सहकारीको स्थापना गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

साधारणसभामा असल बचतकर्ता सदस्य, असल ऋणी सदस्य, असल बचतकर्ता समुह, असल ऋणी समुहलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नगर प्रमुख भीम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

अभिलेख

लोकप्रिय