माई छिम्केश्वरी सहकारी दोस्रो वर्षमा, स्थापनाको एक वर्षमै एटिएम कार्ड सञ्चालन
आँबुखैरेनी, ३० भदौ
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालनमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले एटिम कार्ड र ई–बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ । सहकारीको पहिलो वार्षिकोत्सव अवसरमा आईतबार कार्यालयमा नै आयोजनाको गरेको एक कार्यक्रममा सहकारी सचिव प्रेम श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।

सहकारीले प्रभु ग्रुपको प्रभु म्यानेटमेन्ट सँग सहकार्य गर्दै सुरक्षित र सहज कारोवारको लागि एटिम कार्ड, ई–बैकिङ, एसएमएस बैकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कारोबार सुरु गर्न लागिएको सचिव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सहकारीले यहि असोज १ गते देखि सुविधायुक्त स्मार्ट कारोबार सुरु गर्न लागेको हो । सहकारीले पहिलो चरणमा कार्यसमिति र विभिन्न उपसमितिका सदस्यहरुमा यो सेवा सुरु गर्नेछ भने दोस्रो चरणमा सम्पूर्ण सदस्यहरुमा पनि यो सेवा विस्तार गरिनेछ ।
स्मार्ट कारोबार सुरु भएपछि सदस्यहरुले एटिएम कार्ड मार्फत प्रभु बैंकको कुनै पनि एटिम बुथबाट र एससीटि नेटवर्क सञ्चालन भएका कुनै पनि एटिम बुथबाट समेत सहकारीमा भएको आफ्नो खाताको रकम निकाल्न सक्नेछ । यस्तै ई–बैकिङ र एसएमएस बैंकिङ मार्फत रिचार्ज गर्न ब्यालेन्स इन्क्वाएरी गर्न समेत मिल्ने संस्थाका सचिव प्रेम श्रेष्ठले जानकारी दिए ।
सहकारीले सदस्यहरुलाई यो सेवा उपलब्ध गराएपछि यो सुविधा सञ्चालन गर्ने आँबुखैरेनी कै पहिलो सहकारी हुने छ । यसैगरी माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था स्थानीय तहमा दर्ता भएको पहिलो सहकारी पनि हो । सहकारी ऐन २०७४ बमोजिम गत साल भदौ २९ गते माई छिम्केश्वरीको स्थापना भएको संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सहकारी स्थापना भएको एक वर्ष भए पनि कारोबार सुरु गरेको भने जम्मा नौ महिना भो तर हामी सञ्चालन भएको छोटो समयमा नै नाफामा गैसकेका छौं ।’
सञ्चालनको नौ महिने अवधिमा सहकारीले करिब ३ करोड निक्षेप संकलन गरि करिब पौने ३ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
संस्थाको वार्षिकोत्सव कार्यक्रममा संस्थाका सल्लाहकार राजकुमार श्रेष्ठ, लेखा समितिका संयोजक कृष्णमान तामाङ लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार