छोरी पाएर बन्ध्याकरण गर्नेलाई सृजना महिला सहकारीको सम्मान
पोखरा, ३० भदौ

छोरा नभएसम्म स्वर्ग पुगिन्न भन्ने सोच विस्तारै हराउन थालेको छ । छोरा वा छोरी २ मात्र सन्तान, इश्वरका वरदान भन्ने नारा सरकारले नै तयार गरेको पनि हो । छोरी मात्रै भएको परिवारलाई समाजमा गरिने व्यवहार राम्रो थिएन । समाजमा गरिने त्यस्तै व्यवहारको अन्त्यका लागि पोखराको एक महिला सहकारीले छोरी मात्रै जन्माएर बन्ध्याकरण गर्ने आफ्ना शेयर सदस्य महिलाहरुलाई सम्मान गर्न थाल्यो ।
‘छोरी मात्र जन्मेका कारण विभिन्न समस्यामा परेका महिला दिदी बहिनीहरुको पीडा देखेर हामीले हाम्रा सदस्यहरुले त्यस्तो निराशाजनक अवस्था भोग्न नपरोस् भनेर छोरी मात्रै जन्माएर वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गरेर उत्साहित बनाउन थालेका हौं’, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा पौडेल केसीले भनिन् ।
संस्थाको वार्षिक साधारणसभामा छोरी मात्र जन्माएर स्थायी वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गर्दै आएको र हालसम्म २५ जनालाई सम्मान गरिएको अध्यक्ष केसीले बताइन । शुक्रवार सम्पन्न १७ औं वार्षिक साधरणसभामा पनि संस्थाले ४ जना छोरी मात्रै जन्माएर स्थायी वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । शेयर सदस्यहरु तारा आचार्य, इन्दिरा पोखरेल, विष्णु सापकोटा र शोखा पौडेललाई साधारणसभामा सम्मान गरिएको हो । संस्थाले गरेको सम्मानले छोरा छोरी बराबरी हुन् भन्ने सन्देश दिएको सम्मानित शेयर सदस्य इन्दिरा पोखरेलले बताइन । सो अवसरमा जेष्ठ शेयर सदस्य लगायत उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
संस्थाको साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीहरुले अब सदस्यहरुको सन्तुष्टी मापन गर्नु पर्नेमा जोड ए । सहकारीका सदस्यहरुको आर्थिक विकास, सामाजिक रुपान्तरण र नेतृत्व तथा क्षमता विकास हुनु पर्ने भन्दै उहाँले सदस्यहरुलाई सक्रिय बनाउन सञ्चालक समितिले योजना निर्माण गर्नु पर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका सल्लाहकार निता बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, जनप्रतिनिधि लक्ष्मी कौसल, कुलप्रसाद भण्डारी, शेयर सदस्य इन्दिरा पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा संस्थाका सचिव सुष्मा पहारी बरालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक मिरा गिरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले तिन वटै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
संस्थामा हाल ७ सय ५२ जना शेयर सदस्य, १ करोड ८४ लाख शेयर रकम, ६ करोड ४३ लाख निक्षेप, ७ करोड ४८ लाख कर्जा लगानी रहेको छ । महिलाहरुलाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा शसक्त बनाउनका लागि विभिन्न खाले क्षमता विकास र नेतृत्व विकासका कार्यक्रम गर्दै आएको संस्थाले आगामीमा थप प्रभावकारी काम गर्नका लागि विभिन्न योजनाहरु निर्माण गरेको निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमला गिरीले जानकारी दिइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार