विकू बचत २९ औं वर्षमा प्रवेश
गैंडाकोट, ७ भदौ
विकू बचत तथा ऋण सहकारी संस्था २९ औं वर्षमा प्रवेश गरेको छ । ‘हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य’ भन्ने अभिप्रायका साथ अघि बढेको विकूले सदस्यमैत्री सेवा, सेवाग्राहीको हित, साथमा सरल र सहज ढङ्गले उत्पादनशिल क्षेत्रमा लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


बिहीबार विजय सामुदायिक शिक्ष सदनमा आयोजित २९ औं विकु स्थापना दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले विकूले गरेको कार्य प्रशंसनिय योग्य रहेको बताए । उनले विकू एक पाठशालाको रुपमा विकसित हुदैं गरेको बताए ।
उनुभयो । आफ्ना सेवाहरुमार्फत उद्यमशिलताको विकास गर्दै नवलपुरमा रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसर सदस्यहरुलाई प्रदान गरेको बताए ।
कार्यक्रममा सर्वोत्कृष्ट सेवा केन्द्रका रुपमा चोरमारा सेवा केन्द्र, उत्कृष्ट सेवा केन्द्र अमरापुरी सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन भैंसाखोरी सेवा केन्द्र, वर्ष उत्कृष्ट ईन्चार्ज चोरमारा सेवा केन्द्रका भिमबहादुर थनेत, कर्मचारीतर्फ सर्वोत्कृष्ट अवार्ड राजकुमार कुमाल, उत्कृष्ट कर्मचारी सवारीचालक श्रीधर कंडेललाई सम्मान गरिएको थियो ।
२०४८ साल भाद्र ५ गते दैनिक ५० पैसा संकलन गर्ने अभियानका साथ स्थापना भएको यस विकूमा हाल ६१ हजार शेयर सदस्य र ४ अर्ब १० करोडको पुँजी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार