सुप्रिम साकोसको नवौं साधारणसभा सम्पन्न, १ करोड ६१ लाख राजश्व दाखिला
काठमाडौं, ३२ साउन

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको नवौं साधारणसभा संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९ सय ६८ जना सदस्यबाट ५ करोड २६ लाख ५५ हजार सेयर पूँजी संकलन गरेको थियो । सोही अवधिमा संस्थाले २२ करोड २० लाख ५८ हजार निक्षेप संकलन, २० करोड ६९ लाख ४४ हजार र संस्थाले ४ करोड ९४ लाख २४ हजार कुल आम्दानी गर्न सफल भएको छ । संस्थाको विभिन्न कोषमा १ करोड २७ लाख ५० हजार रहेको छ । संस्थाले यस अवधिमा १ करोड ६१ लाख ५७ हजार नेपाल सरकारलाई राजश्व दाखिला गरेको छ ।
संस्थाको भाखा नाघेको कर्जा शुन्य प्रतिशत रहेको संस्थाका अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए । सभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सदस्यहरुलाई सेयर लाभांश र कर्मचारीलाई बोनस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाले १६ वटा प्रस्तावमाथी छलफलगर्दै सदस्यबाट पारित गरेको छ ।

देशको विद्यमान अन्यौलपूर्ण आर्थिक, सामाजिक तथा राजनैतिक अवस्था एवं लगानी योग्य पूँजीको अभाव रहेको अध्यक्ष लोहनीको भनाई थियो । विभिन्न कठिनाईको वावजुत पनि संस्थाले उल्लेखनीय प्रगती हासिल गर्न सफल भएको उनले बताए ।
संस्थाको मुख्य कार्यालय ललितपुरको महालक्ष्मीस्थानका साथै काठमाडौं महानगर–९ बत्तिसपुतली र भक्तपुरको मध्यपुरथिमि–३ कौशलटारमा सदस्य सेवाकेन्द्र खोली सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले विभिन्न बचत योजना, छिटो र छरितो कर्जा तथा सापटी, ३६५ दिनै कारोबार, सन्ध्याकालिन काउण्टर, विप्रेषण, विल भुक्तानी, रिचार्जको व्यवस्था, एसएमएस सेवा लगायत उच्च स्तरको प्रविधियुक्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको ललितपुर–१५ महालक्ष्मीस्थानमा आफ्नै सुविधासम्पन्न भवन समेत रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
