सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बि.क बुटवलबाट पक्राउ
धरान, ३० साउन
करोडौं रुपैयाँ ठगी गरी फरार भएका धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिकलाई प्रहरीले पक्राउ गरेको छ। धरानमा ६५ बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका बिकलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो।

बुटवलमा एउटा कोठा भाडामा लिएर लुकीछिपी बसिरहेका उनलाई पक्राउ गरी बुधबार धरान ल्याइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानले बताए।
उनी गत असार २३ गतेदेखि फरार भएका थिए। सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी बिकलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।
बचतकर्ताहरूलाई पर्खाएर गत २३ असारदेखि कृष्ण बिक भागेको प्रहरीले जनाएको छ। आफ्नै छोरा मोहन बिकलाई प्रबन्धक राखेर उनले सल्लेरी बचतको पैसा शिखर सगरमाथा सुनचाँदी पसलमा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ। बिकमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
अध्यक्ष कृष्ण विक सहकारीको रकम हिनामिना गरी असार २३ गतेदेखि सम्पर्कविहीन भएका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार