एउटै विषयमा देशभर सहकारीका ४४ कार्यक्रम
काठमाडौं, १८ साउन
राष्ट्रिय सहकारी बैंकको १७ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस (साउन १९ गते) को अवसरमा एउटै विषयमा देशभर ४४ भन्दा बढी कार्यक्रम आयोजना गरिएको छ ।

सहकारीले पालना गर्नु पर्ने विद्यमान ऐन कानुन, त्यसले सहकारी व्यवसायमा पार्ने सकारात्मक तथा नकरात्मक असर र समाधानका उपाय खोज्ने लक्ष्यका साथ ‘सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक गोष्ठी’ देशभर एकै साथ एउटै विषयमा आयोजना गरिएको हो ।
प्रायः राजधानी केन्द्रीत हुने कार्यक्रमलाई शाखा स्तरमा सञ्चालन गर्ने कार्यले देशभरका सहकारीकर्मीहरुबीच सहकारीका कानुन र अन्य कानुनहरुबीचमा रहेका समस्याका बारेमा अवगत हुने आयोजक सहकारी बैंकले जनाएको छ ।
कानुनहरुलाई परिमार्जन गरी सहकारी मार्फत कृषि, पर्यटन, उर्जा लगायत विकास तथा पूर्वाधारका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न र व्यवसाय सञ्चालन गर्न उपयुक्त कानुनी वातावरण सिर्जना गर्न प्रेरित गर्ने उदेश्यले देशव्यापी अभियानको शुरुवात गर्न लागिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकका ४४ वटै शाखा कार्यलयहरुबाट एकै दिन कार्यक्रम गर्न लागिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार