अब सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिए के हुन्छ ?
काठमाडौं, १८ साउन
सरकारले आइतबार (साउन १९) बाट लागु हुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ ।
सहकारी विभागले निक्षेप र ऋणको ब्याजदरको अन्तर (स्प्रेड दर) ६ प्रतिशतमा कायम गरिदिएको छ । यसरी सीमा तोकिएपछि अब सहकारी संस्थाहरूले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् भने निक्षेपमा बढीमा १० प्रतिशत मात्रै ब्याज दिन पाउने छन् ।
यदी सहकारी संस्थाले ऋणमा बढी ब्याजदर लिएमा वा बचतमा कम दिएमा के हुन्छ त ? यो आम चासोको विषय बनेको छ । यदी यसो गरेमा सहकारी ऐन–२०७४ अनुसार कारबाही हुने सहकरी विभागले जनाएको छ ।
ऐनको दफा १२५ अनुसार कारबाही हुने विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । ऐन अन्र्तगत बनेका नियमविपरीत सदस्यसँग ब्याज लिएमा, ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने उनले बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार