सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु, सरकारी दरमै उपचार
काठमाडौं, १६ साउन । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने भएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित आठ अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुने गर्दछ । साथै सरकारले डायोलासिस सेवाका लागि रु एक लाख दिने गर्दछ ।
ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलो पटक मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको मृगौला निःशुल्क प्रत्यारोपण भएको उक्त अस्पतालले जनाएको छ ।
अस्पतालका गतिविधिबारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले भने, ‘सरकारी शुल्कमा यस अस्पतालले मृगौला प्रत्यारोपण गर्छ ।’
मृगौला रोग विशेषज्ञ प्राडा ऋषिकुमार काफ्लेसहित प्राडा ऋषिकुमार काफ्ले, डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी, डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सञ्जीव आचार्यसहित डा. महालक्ष्मी देउजा र डा. अनिल ओझा प्रत्यारोपण कार्यमा संलग्न छन् ।
हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय श्यया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् । बल्ड ग्रुप म्याचिङ नहुने बिरामीको मृगौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको उक्त अस्पतालले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न २०० शैंयाको मृगौला अस्पतालका साथै सबै प्रदेशमा मृगौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजनामा रहेको अध्यक्ष महर्जनले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मृगौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग रहने जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार