दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख
काठमाडौं, १६ साउन
राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो ।
महासंघको प्राकृतिक विपत्ति उद्धार कोष, विभिन्न सहकारी संघ÷संस्था, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) एवं राष्ट्रिय सहकारी बैंकबाट संकलन गरिएको रकम प्रदान गरिएको हो । सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक चन्द्र ढकाल, संचालक तथा प्रदेश सभा सदस्य तारा लामा तामाङ, संचालक खेम वहादुर पाठक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेत, राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति थियो ।
महासंघले यस अघि २०७५ साल चैत २८ गते बारा र पर्साको हावाहुरी प्रभावित परिवारको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार