५ वैशाख २०८३, शनिवार

साना किसान मनहर्वाको मुनाफा १ करोड ११ लाख

२०७६ साउन १४, मङ्गलबार
साना किसान मनहर्वाको मुनाफा १ करोड ११ लाख

बारा, १४ साउन
जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आर्थिक बर्ष २०७५/०७६ मा १ करोड ११ लाख २९ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाले कुल बार्षिक ३३ करोड १५ लाख ८३ हजार रुपैयाको कारोबारबाट उक्त मुनाफा गरेको हो ।

संस्थाले वर्षभरी गरेको २८ करोड २० लाख ५५ हजार रुपैंयाको कर्जा लगानीसँगै रेमिट, कृषि सामाग्री तथा बिउविजन बिक्रि समेतको कारोबारमा उक्त मुनाफा गरेको संस्थाले जनाएको छ ।

२ हजार १ सय २१ सदस्य रहेको संस्थाले गत बर्षको तुलनामा २१ लाख ५८बढी मुनाफा गरेको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिए ।
सहकारीले कृषि, पशुपालन तथा विभिन्न पेशा ब्यवसाय गर्न आफ्ना सदस्यलाई कर्जा प्रदान गर्नुका साथै कृषि कार्यका लागि आवश्यक विउबेर्ना तथा मल विउ विषादी विक्रि वितरण समेत गर्दै आएको छ ।

संस्थामा सदस्यहरुको २ करोड १५ लाख ८७ हजार ८ सय सेयर तथा १२ करोड ३३ लाख ७७ हजार निक्षेप रहेको छ । सदस्यमा गरेको लगानी ९९ प्रतिशत असुली गरेको अध्यक्ष खड्काले बताए ।

अभिलेख

लोकप्रिय