२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने

२०७६ साउन १२, आईतवार
सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने

पोखरा, १२ साउन
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ ।


कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैंकका ४४ वटै शाखामा ‘सहकारीका लागि विद्यमान कानुनः अवसर र चुनौती’ विषयक अन्तरक्रिया गरी मनाउन लागिएको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा शनिवार सम्पन्न सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको संयुक्त वैठकले सहकारी कानुनका बारेमा छलफल गरी सहकारी अभियानलाई थप प्रभावकारी बनाउन देशभर कार्यक्रम गर्ने निर्णय गरेको हो ।


२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले २०६१ साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको थियो ।


कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित देशभरका शाखाहरुको कार्यक्रम संयोजन गर्नका लागि सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र व्यवस्थापनलाई जिम्मेवारी तोकिएको छ ।


एकै दिन देशभर एउटै विषयमा अन्तरक्रिया गरी कारोबार शुभारम्भ दिवस मनाउने र उक्त कार्यक्रमका लागि बैंकका पदाधिकारी, सदस्य र उच्च व्यवस्थापनका कर्मचारीलाई जिम्मेवारी तोकिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए । सहकारीमार्फत विभिन्न व्यवसाय गर्न चाहने सदस्यहरुलाई सहकारी ऐनसंग बाझिने ऐनहरुका कारण समस्या सिर्जना भएकोले कानुनी अवस्थाका बारेमा सचेतना दिन तथा कानुन संशोधनका लागि समन्वय गर्ने उदेश्यले देशभर एउटै विषयमा अन्तरक्रिया गर्न लागिएको उनले बताए । ४४ स्थानमा एकै दिन गरिने कार्यक्रममा सिंगो सहकारी अभियान सहभागी हुने उनको भनाई छ ।


सहकारी ऐन अनुसार गर्न पाइने कामहरु पनि अन्य ऐनहरुका कारण सहकारीले गर्न नपाउदा समस्या सिर्जना भएको छ, सहकारीमार्फत व्यवसाय गर्नका लागि अन्य ऐनले पार्ने समस्या समाधानका लागि ध्यानाकर्षण गर्न कार्यक्रम सहयोगी हुने बैंकको ठहर छ ।

अभिलेख

लोकप्रिय