राष्ट्रिय सहकारी बैंकले अब सेवा शुल्क नलिने
काठमाडौं, १२ साउन
राष्ट्रिय सहकारी बैंकले सदस्य संघ/संस्थाहरुलाई कर्जा लगानी गर्दा लिदै आएको १ प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार सेवा शुल्क लिन नपाइने व्यवस्था अनुसार सेवा शुल्क नलिने निर्ण भएको बैंकका प्रमुख कार्यकारी अधिकत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
कर्जा लगानीका समयमा विभिन्न निकायसँग समन्वय लगायतका काम गर्नका लागि व्यवस्थापन शुल्क लिइने बताए । चालु पूँजी कर्जा लिने सदस्यले शुन्य दशमलव ७५ प्रतिशत र अन्य कर्जामा शुन्य दशमलव ५ प्रतिशत व्यवस्थापन शुल्क लिने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए ।
देशभरका ११ हजार १ सय २५ वटा सहकारी संघ संस्था शेयर सदस्य रहेको बैंकमा हाल १ अर्ब ५८ करोड शेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब शेयर रकम, ३७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी गर्ने लक्ष्य लिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले जानकारी दिए ।
केन्द्रीय कार्यालय कुपण्डोलमा बस्दै आएको नियमित वैठक यस आर्थिक वर्षदेखि हरेक ३ महिनामा प्रदेश स्तरमा गर्ने निर्णय अनुसार पहिलो बैठक गण्डकी प्रदेशमा बसेको र बैठकले कारोबार शुभारम्भ दिवस देशभर मनाउने लगायत महत्वपूर्ण निर्णय गरेको गण्डकी प्रदेशका संयोजक जिसीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार