३१ असार २०८३, बुधबार

सहकारीलाई दिगो बनाउन सहकारी बैंकले संस्थागत विकासमा सहयोग गर्ने

२०७६ साउन ११, शनिवार
सहकारीलाई दिगो बनाउन सहकारी बैंकले संस्थागत विकासमा सहयोग गर्ने

पोखरा, १० साउन


राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक योजना अनुसार देशभरका सहकारीहरुको दिगो विकासका लागि सहकारीहरुको संस्थागत विकासका लागि सहयोग गर्ने योजनाका साथ पोखरामा जारी समिक्षा गोष्ठी शुक्रवार सम्पन्न भएको छ ।


गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समिक्षा तथा योजना सम्बन्धमा छलफल गर्न गण्डकी प्रदेशको पोखरामा सम्पन्न गोष्ठीले यस्तो निष्कर्ष निकाले हो ।
बैंकले प्रदान गर्ने सेवाहरु सबै सदस्य सहकारी संस्थाहरुमा पु¥याई सहकारी क्षेत्रलाई प्रभावकारी बनाउने योजनाका साथ बैंकका आगामी कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।
गोष्ठीले एक सहकारी एक सेवा लिने अवस्था सिर्जना गर्ने, सहकारीहरुको संस्थागत विकाससंगै सुशासनमा सुधारका लागि सहयोग गर्ने, सदस्य संघ संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, सहकारीहरुको स्तरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने, कर्मचारी व्यवस्थापनलाई दक्ष र शसक्त बनाइने भएको छ ।


गोष्ठीमा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई सफल र प्रतिफलमुखी बनाउनका लागि बैंंकले निरन्तर रुपमा सहयोगी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा सहकारीको संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा गरेको र चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि सबै शाखा प्रमुख लगायत कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा लाग्न निर्देशन दिए ।


गोष्ठीमा बैंकका ४४ वटै शाखाका प्रमुखहरुले आफ्नो शाखाले गरेको प्रगति चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्य र आगामी दिनमा थप प्रभावकारी सेवा सञ्चालन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा शाखाहरुको संयोजन गर्ने जिम्मेवारीमा रहेका डिभिजन प्रमुखहरुले शाखा र केन्द्रीय कार्यालयबीचको समन्वय र थप प्रभावकारी कार्य सम्पादनका विषयमा प्रस्तुती गर्नु भएको थियो ।


बैंकमा हाल ११ हजार १ सय २५ शेयर सदस्य, १ अर्ब ५८ करोड शेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेकोछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब शेयर रकम, ३७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी गर्ने लक्ष्य लिएको छ ।


गोष्ठीमा बैंकका ४४ वटै शाखाका प्रमुखहरु, विभागीय प्रमुखहरु सहित ६० जनाको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय