सहकारीमा एकिकरण अपरिहार्य : मन्त्री अर्याल
काठमाडौं, २१ असार
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा शुसासनका निम्ति एकिकरण अपहिार्य भएको बताएकी छन् ।

उनले शुसाशन, उत्पादन बृद्धि, कृषिको रुपान्तरणका लागि सहकारीलाई एकिकरण गरेर मजबुद बनाउनुका लागि आव्हान समेत गरिन् । ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र युएनडीपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमशिलता विकास र युवा तथा महिला सहभागीता बृद्धि गर्नका लागि सहकारीले जोड दिनुपर्ने बताइन् । यस बर्ष मर्यादिक कामका लागि सहकारी भन्ने थिमका साथ ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । प्रत्येक बर्षको जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
युएनडीपीका आवासीय प्रतिनिधि आइसियानीलावेले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले महत्वपूर्ण योगदान दिने बताउँदै नेपालमा युएनडीपीले ५ सयभन्दा बढि सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको बताइन् । उनले सहकारी अर्थतन्त्रको मुख्य आधार भएको बताउँदै सहकारीलाई महत्व दिएको नेपालको संविधानले विश्वका लागि उदाहरणीय रहेको बताइन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले सहकारी समाजिक व्यवसाय भएको बताए ।
योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मुल आधार र मेरुदण्ड रहेको बताए । उनले १५ औं योजनाको अवधारणपत्रमा समृद्ध नेपाल सुखी नेपालीका लागि मापन गर्ने आधार समेत तयार गरिएको बताए । समृद्ध मुलुक निर्माणमा सहकारीको योगदान महत्वपूर्ण हुने बताए । उनले १२ वटा सुचकमार्फत समृद्धको मापन गर्ने र सुखी नेपालको मापन ६ वटा लक्ष्य र २४ वटा सुचकबाट मापन गरिने बताए ।
नेपालको समृद्धिको अभियानमा सहकारी महत्वपूर्ण क्षेत्र रहेको सो भेला स्विकारेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादि समाज निर्माण गर्नका लागि सहकारीको भूमिका महत्व रहेको बताउँदै पत्यक्ष रुपमा सदस्य आफै समस्या समाधानकर्ता रहेको बताउनुभयो । यसले मर्यादि कार्यव्यवहार, परिवेश, पुँजी प्रविधि सिर्जनामा योगदान गर्ने बताए । उनले सहकारी स्वयम मर्यादामा रहनुपर्ने संस्था रहेको मा जोड दिर्दै सहकारी समाजलाई रुपान्तरण गर्ने गेमचेन्जरका रुपमा रहेको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सह सचिव चन्द्रकला पौडेलले कार्यक्रममा मर्यादित कामका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, पुर्व अध्यक्ष दिपक प्रकाश बास्कोटाले सम्बोधन गरेका थिए ।
नेपालमा हाल करिब ३५ हजार सहकारी संघ÷संस्थारहेका छन् भने ६३ लाख जनसख्यां यो अभियानमा जोडिएका छन् भने ६० हजारलाई रोजगारी दिएको छ । कुल महिला जनसख्याको २३ प्रतिशत महिला सहकारीमा आवद्ध रहेका तथ्यांकले देखाएको छ । यो नेपालको सबैभन्दा धेरै जनसहभागीता रहेको क्षेत्र हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
