अब सहकारीले चर्को ब्याज लिन नपाउने, बढीमा १८ प्रतिशत
काठमाडौं, २१ असार
सहकारी संस्थाहरूका लागि ‘सन्दर्भ ब्याजदर’ तोक्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार भोली (आईतबार) हुने बैठकले व्याजदर निर्धारण गर्नेछ ।
ब्याजदरको विषयमा अभियान र सरकारी निकायबीच सहमती हुन नसक्दा प्रक्रिया लम्बिएको हो । स्रोतका अनुसार सहकारी अभियानबाट बढीमा १८ प्रतिशत व्याज तोकिनुपर्ने अडान छ । तर सरकारी तबरबाट त्योभन्दा कम हुनुपर्ने बताउँदै आएको छ । बैंक तथा वित्तीय संस्था सो सरह हुनुपर्ने अडान सरकारी तबरबाट छ । स्रोतका अनुसार बढीमा १६ वा १७ प्रतिशतमा निर्धारण हुनेछ ।
सहकारी नियमावली—२०७५ पारित गरेसँगै सहकारी विभागले ब्याजदर तोक्ने प्रक्रिया अघि बढाएको थियो । ब्याजदर तोकेपछि सहकारी संस्थाले त्यसैका आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने र जथाभावी ब्याज असुल्ने प्रवृत्तिमा नियन्त्रण आउने छ ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेका अनुसार पटक पटकको छलफलपछि अन्तिम तयारीमा पुगेको छ ।
सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा गठित समितिले काम गरिरहेको छ । उक्त समितिमा सहकारी हेर्ने मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी महासंघ र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार