सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यले पाउने रकमको बाँडफाँड
काठमाडौं, १३ असार
राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन–२०७४ तथा नियमावली–२०७५ को प्रावधान अनुरूप आ.व. २०७४/०७५ को संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।
संरक्षित पूँजी फिर्ताकोषबाट प्राप्त हुने रकम सदस्य संघ/संस्थाको खातामा बिहीबारदेखि जम्मा गर्ने व्यवस्था मिलाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले जानकारी दिए ।
सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरिएको गुरागाईँले जानकारी दिए ।
कर्जा कारोबार गर्ने तीन हजार तीन सयभन्दा बढी संघ/संस्था र बचत कारोबार गर्ने ९ हजार भन्दा बढी संघ÷संस्था आ.व. २०७४/०७५ कोे संरक्षित पूँजी फिर्ताकोषबाट लाभान्वित भएका छन् ।
बचत र ऋणमा उच्च कारोवार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ९ लाख ४२ हजारसम्म र कर्जा तर्फ सात लाख २१ हजारसम्म प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार