विकु बचतको आयोजनामा स्वास्थ्य स्वयम् सेविकाको भेला
नवलपरासी, १ असार
विकू बचत तथा ऋण सहकारीको आयोजना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका ४ वटा नगरपालिका (गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु)का को सहकार्यमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भेला देवचुली नगरपालिकाको दलदलेमा सम्पन्न भएको छ ।

विकूले ‘हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य’ अन्र्तगत वृहत महिला स्वास्थ्य स्वयम् सेविका भेला २०७६ को आयोजना गरिएको हो । भेलामा करिब २०० महिला स्वास्थ्य स्वयम् सेविकाहरुको उपस्थिती रहेको थियो । भेलाले ९ बुँदे साझा प्रतिवद्धता समेत जारी गरेको छ । साझा प्रतिवद्धतामा बालमैत्री नगर विकास गर्न मिलेर काम गर्ने, गर्भदेखी मृत्युसम्म सबै सुखी, खुसी र स्वस्थ मानवका लागि अभियान चलाउने उल्लेख छ । सुरक्षित मातृत्व एवम् पोषणको अवस्था सुधार गर्नका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यस्तै पूर्ण खोपका लागि सचेतना गर्ने, सरसफाई, स्वास्थ्य वीमा गर्दै घरदैलो कार्यक्रम गर्ने लगायत उल्लेख छ ।
सो क्रममा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. केशवराज भुर्तेलले सुरक्षित मातृत्व, महिलामा देखिने स्वास्थ्य समस्या लगायत स्वस्थ रहने तरिकाबारे प्रशिक्षण गरेका थिए ।
सो अवसरमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले स्वास्थ्य सम्बन्धी जिज्ञाशा राखेका थिए । उनिहरुको समस्या डा. भुर्तेलले समाधान गरेका थिए ।
कार्यक्रममा पोषण विज्ञ मनोज वस्यालले पोषण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । पोषणयुक्त खानाले स्वस्थ बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले महिला स्वास्थ्य स्वयम् सेविकाले बिना तलब स्वयम्सेवी रुपमा सेवा प्रदान गरेको बताउँदै राज्यले उनिहरुलाई गर्नुपर्ने दायित्व पुरा नगरेको बताए ।
जिल्लाको हकमा असार १० अगावै सवै स्थानिय तहहरुसँगको सामुहिक छलफल र सहकार्यमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई विशेष व्यवस्था गर्ने आश्वासन दिए । उनीहरुले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अझै शसक्त गराउन विकूले गरेको कार्यको प्रशंसा गरेका थिए ।
नेफ्स्कुनका पुर्व सञ्चालक एवम् विकूका पूर्व अध्यक्ष ईन्द्रराज ज्योती पौडेलले मातृ मृत्युदर, बाल मृत्युदर घटाउन महिला स्वास्थ्य स्वयम् सेविका अहोरात्र खटेको उल्लेख गर्दै उनिहरुप्रति सम्मान व्यक्त गरे ।
विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सडकमा स्वास्थ्य विगार्ने खालका विज्ञापन गर्ने गरेको पाईने तर स्वास्थ्य सुधारतर्फका विज्ञापन नगर्ने गरेको पाईएको उल्लेख गर्दै महिला स्वास्थ्य स्वयम् सेविका स्वस्थ समाज निर्माणमा जुटेको उल्लेख गरे ।
विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले आफ्ना सदस्यहरुको खुसीका लागि स्वास्थ्यको अवधारणा ल्याईएको बताए । विकूले जन्मदेखि मृत्युसम्म सदस्य हितका कार्य गर्दै आएको उल्लेख गर्दै तर अब जन्मनु अघि नै कोखदेखि चितासम्मको कार्य गर्नुपर्ने आवश्यकता महशुष गरि कार्यक्रम ल्याईएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार