२० करोड लगानीमा दुग्ध प्रशोधन उद्योग खोल्दै श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी
ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले दुग्ध प्रशोधन उद्योगको निर्माणकार्य शुरु गरेको छ ।
चितवनको खैरहनीमा गाई फारम संचालन गरी दैनिक तीन हजार लिटर दुध उत्पादन गर्दै आएको यस सहकारीले ललितपुरको गोदावरी–३ मा उद्योग निर्माण शुरु गरेको हो । करिब २० करोड लगानीमा पुर्वाधार निर्माण शुरु गरेको सहकारीले अबको छ महिनाभित्र उद्योग संचालनमा आउने जनाएको छ । उद्योगको राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले शिलान्यास गरे । सहकारी क्षेत्रमा लालीगुराँसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले जनताको भान्छासँग प्रत्यक्ष गासिएको डेरी उद्योग स्थापना गरेर समाजमा उल्लेखनीय काम गरेको बताए ।
संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले छ महिनाभित्र उद्योग स्थापना गरी डेरी उत्पादनलाई बजारमा ल्याउने जानकारी दिए । डेरी उद्योगले नेपाली बजारमा दुध, घीउ, पनिर, आइसक्रिम, दही लगायत दुग्धजन्य पदार्थ उत्पादन गर्नेछ ।
संस्थाले उद्योगका लागि उपकरण खरिद गर्ने काम भइसकेको जानकारी दिँदै दैनिक करिब ३० हजार दुध प्रशोधन गर्ने क्षमता भएको उद्योगमा चितवनबाट उत्पादित दुध ल्याइने जनाएको छ । भण्डारीका अनुसार डेरी उद्योगका लागि चितवनबाट थप दुध ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘चितवनको विभिन्न गाई फार्मको दुध हाम्रो उद्योगमा ल्याउँछौं, यसबाट कृषक पनि लाभान्वित हुने छन्, नयाँ उद्योग पनि सञ्चालनमा आउने छ । चितवनस्थित लालीगुराँसको गाई फार्ममा हाल छ सय गाई रहेका छन् ।
आगामी तीन वर्षभित्र करिब १० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको जनाएको छ । करिब १८ हजार शेयर सदस्य रहेको यस सहकारी जलविद्युत आयोजनादेखि विद्यालय, अस्पतालसमेत लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार