कान्तिपुरी सहकारीको सेवाकेन्द्र जरङखुमा
काठमाडौं, ९ जेठ
काठमाडौंको टोखा नगरपालिका– ९ मा केन्द्रिय कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाले तारकेश्वर नगरपालिका–८ जरङखुमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाको १९ औं वार्षिक उत्सवको अवसमा बिहीबार एक कार्यक्रमको बीच सेवा केन्द्रको सुभारम्भ गरिएको हो ।

सेवा केन्द्रको सुभारम्भ राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका थिए ।
कान्तिपुरी सहकारीले ‘कान्तिपुरीको निरन्तर साथमा उज्जल भविष्य मेरै हातमा’ भन्ने ध्ययेका साथ १९ वर्ष अघि स्थापना भएको थियो । सदस्यहरुको आवश्यकता र सहकारीको क्षेत्र विस्तारको क्रममा जरङखुमा सेवा विस्तार गरिएको संस्थाका अध्यष मनोज भण्डारीले बताए ।
संस्थाले स्थापना दिवसको अवसरमा बृहत रक्तदान, निशुल्क स्वास्थ्य शिविर र पाठेघरको निशुल्क परिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा नेफ्स्कूनका महासचिव चन्द्र ढकाल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघका सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमरावती महर्जन लगायतको अतिथिहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार