एक्सेस ब्राण्डिङ कार्यक्रममा चन्द्रागिरि साकोस
काठमाडौं, ७ जेठ
थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागीता जनाउने भएको छ ।

एशियाली ऋण महासंघ (अक्कु)को सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) द्वारा संचालित एक्सेस ब्राण्डिङ कार्यक्रम नेपालमा वि.स. २०६३ साल देखि सञ्चालन हुँदै आएको छ । चन्द्रागिरि साकोसमा आयोजित एक कार्यक्रमका बीच मंगलबार नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र संस्थाका अध्यक्ष शिवशंकर मानन्धरका बीच सम्झौता भएको हो ।
सहकारी संस्थाको वित्तिय, सदस्य, आन्तरिक व्यवसाय र सिकाई तथा समृद्धिको एक्सेस ब्राण्डिङ कार्यक्रमले अुनगमन गर्नेछ । उक्त कार्यक्रममा सहभागी भईसकेपछि संस्थाको वित्तिय सक्षमता बृद्धि हुनुको साथै सदस्य सन्तुष्टिको स्तर अभिबृद्धि हुने विश्वास लिईएको छ ।
नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले असल काम गर्दैमा मात्र नपुग्ने, असल कामलाई आधिकारिक निकायले असल गरेको हो भनेर भन्दिनु पनि पर्ने भएकोले एक्सेस कार्यक्रमले संस्थालाई गुणस्तरीय ढंगले सञ्चालन गर्न मार्गनिर्देश गर्दै तोकिएका मापदण्ड पुरा भएपछि प्रमाणिकरण गर्ने कुरा व्यक्त गरे ।
चन्द्रगिरि सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार चारवर्षीय रणनैतिक योजना बमोजिम आ.व. २०७५/०७६ को अन्तिम त्रैमासमा संस्थालाई गुणस्तरीय सुनिश्चितको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागीता जनाउने सम्झौता गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार