बहुउदेश्यीय सहकारीलाई पक्षपाती व्यवहार भयोः मनोजकुमार थापा
काठमाडौं, २८ बैशाख
काठमाडौं जिल्ला बहुउदेश्यीय सहकारी संघका नवनिर्वाचित अध्यक्ष मनोजकुमार थापा मगरले बहुउदेश्यीय सहकारीलाई पक्षपाती व्यवहार भएको बताएका छन् ।

मनोजकुमार थापा मगर
सहकारी सहकारी ऐन–२०७४ र नियमावलीले बहुउदेश्यीय सहकारीलाई धेरै बिषयमा अंकुस लगाएको र पूर्वाग्रही ढंगबाट निरुत्साहित बनाउन खोजेको समेत आरोप लगाएका छन् । शुक्रबार सम्पन्न संघको ४ औं साधारणसभाबाट अध्यक्षमा निर्विरोध अध्यक्ष चुनिएका थिए ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवादसहित आफ्नो धारणा व्यक्त गरेका हुन् । थापाले लेखेका छन्, ‘बचतको थ्रेसहोल्ड, करको पक्षपाती व्यवहारले हामीलाई निकै दुखी बनाएको छ । हाम्रा आफ्नै समस्या र चुनौती छन् । तथापि धेरै अवसरहरु पनि छन् । सिंगो बहुउदेश्यीय सहकारी अभियानलाई कसरी उद्देश्यमुखी, व्यवसायिक, संगठित र सम्बृद्ध बनाउने गम्भीर दायित्व बोध भएको छ । निर्वाचित सबै साथिहरुलाई आशाबादी भएर एकढिक्का भइ अघि बढ्न अनुरोध गर्दछु । सबै बहुउदेश्यीय सहकारी संघ,संस्थाका साथीहरुलाई एकजुट भई अभियानमा सहभागी हुन अपिल पनि गर्दछौं ।’
संघको चौथौ बार्षिक साधारण सभाले पदिय जिम्मेवारी प्रदान गरेकोमा थापाले खुशीभन्दा धेरै गम्भीर बनाएको प्रतिक्रिया दिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार