नेचुरल सहकारीले सुरु गर्यो एटिएम सेवा
काठमाडौं, २५ बैशाख
काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा (बैशाख २४ गते) एटिएम सेवा सुरु गरिएको हो ।

नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटिएम सेवा संचालनमा ल्याएको संस्थाका कार्यकारी संचालक विकल्प पाठकले बताए । प्रविधिको प्रयोगबाट गरिएका कारोबारहरु पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले संस्थाले प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको उनको भनाई छ ।
एससिटी नेटर्वकसंग सहकार्य गरी एटिएम सेवा सुरु गरिएको पाठकले बताए । अब सहकारीका सदस्यले एससिटी नेटर्वकको एटिएम बुथमा गएर चाहेको समयमा तुरन्तै पैसा निकाल्न सकिन्छ । यति मात्र नभई किनमेल गर्दा पनि कार्डको प्रयोग गर्न सकिने पाठकको भनाई छ । नेचुरल सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा यस अघि नै ‘नेचुरल स्मार्ट बैकिङ’ को सुरु भैसकेको छ । त्यस्तै अनलाईनबाटै खाता खेल्न समेत सकिने ब्यवस्था नेचुरलले गरेकाे छ ।
उक्त एटिएम कार्डको सुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले एटिएम सेवाले सदस्यलाई सहजता ल्याउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार