कृषि क्षेत्रमा रोयल सहकारीको योजनाः सदस्यलाई सिप, लगानी र बजारको ज्ञारेण्टीसम्म

काठमाडौं, १० बैशाख
काठमाडौं बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारीले कृषि क्षेत्रलाई व्यवस्थित गर्न कृषि बजारको व्यवस्था गर्ने भएको छ । सदस्यलाई उत्पादनमा आर्कषित गर्न संस्थाले अब सिपदेखि लगानीसम्म गरिदिने भएको छ ।
संस्थाले भौगालिक आधारमा उत्पादनको सम्भाव्यताको अध्यायन गरी कृषकलाई सिप, तालिम, पूँजी, प्राविधिक, आधुनिक औजारलगाएत आवश्यक सम्पूर्ण सेवा सुविधा दिएर कृषिमा लाग्न प्रेरण दिने तयारी गरीरहेको संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्ले बताए । उनले भने ‘अब शहरको पूँजी गाँउमा र गाँउको उत्पादन शहरमा ल्याउने योजनामा छौं । किनकी हामी शहर र गाँउलाई उत्पादक र उपभोक्ता मार्फत जोड्ने योजनामा छौं ।’
निजी, सरकारी र सहकारी अर्थतन्त्रको तीन आधार स्तम्भको नमुना चाँडै देखाउने उनले बताइ । निजीसँगको सहकार्यमा राज्यका नीति नियमको पालना गर्दै उत्पादक र उपभोक्ता सहकारीले पनि हामीसँग सिक्न आउने कार्य गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, ‘उत्पादकले अब बजारको अभाव महसुस गर्नु पर्ने छैन हामी त्यसको ग्यारेण्टी लिन्छौं । हामी पशु पालनदेखि सम्पूर्ण कृषि उत्पादनको बजार व्यवस्था गर्दै छौं त्यो पनि सहकारी मार्फत । हामी अब प्रत्येक किसानलाई कृषिमा लाग्न प्रेरणा प्रदान गर्ने छौं ।’
केन्द्रीय कार्यालय सहित रोयलको पाँचवटा सेवा केन्द्र रहेका छन् । लामोसमयदेखि बैकिङ्ग तथा लघुवित्त कार्यक्रम संचालन गरेको संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।
संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । आर्थिक वर्ष २०७४/०७५ मा संस्थाले ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरी ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको छ । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार