२ सय ९६ सहकारी मिलेर चितवनमा ‘पेट्रोल पम्प’ सञ्चालन
चितवन, ८ बैशाख
चितवन जिल्लामा सञ्चालित सहकारी संस्थाहरु मिलेर पेट्रोल पम्प संचालनमा ल्याएका छन् । जिल्ला सहकारी संघ, चितवनले भरतपुर–१० स्थित संघकै जग्गामा पेट्रोल पम्प निर्माण सञ्चालनमा ल्याएको हो ।

६० हजार लिटर डिजेल र ४४ हजार लिटर पेट्रोल भण्डारण क्षमता पेट्रोल पम्पको रहेको छ । चितवनमा सञ्चालित २ सय ९६ सहकारीको लगानी पेट्रोल पम्पमा रहेको छ । एक सहकारीबाट २५ हजारदेखि पाँच लाखसम्मको सेयर पेट्रोल पम्पमा राखिएको छ ।
आईतबार एक कार्यक्रमको बीच पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाले उद्घाटन गरे ।
सहकारी संस्थाहरुको संयुक्त लगानीबाट निर्माण भएको नेपालकै पहिलो पम्प हो । पेट्रोल पम्पलाई देशकै नमूनाको रुपमा संचालन गर्ने योजना रहेको जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराईले बताए । सहकारी संघको संयोजनमा संचालन उपसमिति निमार्ण गरिएको छ । पम्प निमार्णसहित ट्याङ्कर खरिद र सुरुवातमा तेल खरिद सहित करिब पाँच करोड लागत पुगेको संघले जनाएको छ । एक वर्ष अघि निमार्ण थालिएपनि आयल निगमले संचालन अनुमति दिन ढिलाई गरेको थियो ।
एक बिघा क्षेत्रफलमा पेट्रोलपम्प निर्माण गरिएको छ । पम्पसँगै निमार्ण गरिएको २२ वटा व्यवसायीक सटरमा राखिएको छ । सहकारी संस्थाहरुबाट सञ्चालन भएकाले अन्य पम्पमा भन्दा केही सस्तोमा तेल बिक्री वितरण हुने पम्प पनमार्ण समितिका संयोजक भक्तिराम अधिकारीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार