स्थापना दिवसमा चन्द्रागिरिको निःशुल्क स्वास्थ्य शिविर र रक्तदान, २ सय ५० सदस्य लाभान्वित
काठमाडौं, ८ बैशाख
काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


चन्द्रागिरि सहकारी र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरिको संयुक्त आयोजना र ब्लुक्रस हस्पिटल त्रिपुरेश्वर काठमाण्डौं तथा रक्तसञ्चार केन्द्र वालकुमारी ललितपुरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ७० जना रक्तदाताहरुले रक्तदान गरे भने २५० जना संस्थाका सदस्य तथा सर्वसाधारणहरुले स्वास्थ्य शिविरमा सहभागीता जनाए । वरिष्ठ छातीरोग विशेषज्ञ डा. सुभासचन्द्र यादव र स्त्रीरोग विशेषज्ञ डा. हेमा प्रधानको विशेषज्ञ सेवा प्रदान गर्नुको साथै फिजिसिएन र मेडिकल अफिसरको टोलीले सामान्य स्वाथ्य जाँच गरेको थियो ।
वि.स. २०५८ साल बैशाख ६ गते ५८ जना व्यक्तिहरु मिलेर ३ लाख ५८ हजार रकम संकलन गरी डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता गरिएको यस संस्था २०७६ चैत्र मसान्त सम्ममा ११ हजार ८ सय ५० जना सदस्य र १ अर्ब ६१ करोडको सम्पत्ति पुगेको छ । संस्थामा हाल १२ प्रकारका बचत, १३ प्रकारका ऋण, १० प्रकारका सदस्य सामाजिक सुरक्षा तथा लाभका कार्यक्रमको साथै ४ प्रकारका अन्य सेवाहरु उपलब्ध रहेका छन् । ‘दिगो संस्था, सुखी र समृद्ध सदस्य’ भन्ने मुल नारा अंगिकार गरी आगामी ४ बर्षमा संस्थाले १९ हजार १ सय जना व्यक्तिहरुलाई आवद्ध गराई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने र ४ अर्ब ६४ करोड पूँजि परिचालन गरि सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृति जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
