चन्द्रागिरि साकोसको सम्पत्ति १ अर्ब ६१ करोड, संस्थाले मनायो १८ औं स्थापना दिवस
काठमाडौं, ६ बैशाख
काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस)को १८ औं स्थापना दिवस मनाएको छ ।

संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद्, विभिन्न उप समिति र कर्मचारी व्यवस्थापन संयुक्त रुपमा भेला भई विगत १८ वर्षका गतिविधिहरुको स्मरण गर्दै यस दिवस मनाइयो ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले केक काटेर स्थापना दिवसको उद्घाटन गरे । वि.स. २०५८ साल बैशाख ६ गते ५८ जना व्यक्तिहरु मिलेर ३ लाख ५८ हजार रकम संकलन गरी यस संस्थाको स्थापना भएको हो ।

संस्थाका अध्यक्ष शिवशंकर मानन्धर केक काट्दै । तस्बिर सौजन्यः चन्द्रागिरि साकोस
संस्थामा २०७६ चैत्र मसान्त सम्ममा ११ हजार ८ सय ५० जना सदस्य र १ अर्ब ६१ करोडको सम्पत्ति पुगेको छ । संस्थामा हाल १२ प्रकारका बचत, १३ प्रकारका ऋण, १० प्रकारका सदस्य सामाजिक सुरक्षा तथा लाभका कार्यक्रमको साथै ४ प्रकारका अन्य सेवाहरु उपलब्ध रहेका छन् ।

‘दिगो संस्था, सुखी र समृद्ध सदस्य’ भन्ने मुल नारा अंगिकार गरी आगामी ४ बर्षमा संस्थाले १९ हजार १ सय जना व्यक्तिहरुलाई आवद्ध गराई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने र ४ अर्ब ६४ करोड पूँजि परिचालन गरि सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृति जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार