मकवानपुरका तीन सहकारीलाई चन्द्रागिरि साकोसको सम्मान
काठमाडौं, १ वैशाख
मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–७ थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को अध्ययन अवलोन भ्रमण गरेको छ ।
मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष राधा सिन्तानको नेतृत्वमा आएको अध्ययन भ्रमण टोलीमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने उक्त संघको सञ्चालक समिति, उप समिति र व्यवस्थानका प्रनितिहरु गरी जम्मा १९ जनाको सहभागिता रहेको थियो । भ्रमणमा आउने संस्थाहरुमध्ये ३ वटा संस्था नेपाल सरकार सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)द्वारा २०७५ पौष ५ गते प्रोबेसन ब्राण्ड प्रमाणीकरण प्राप्त गर्न सफल भएका संस्थाहरु रहेका छन् । सहकारी अभियानको लागि अनुकरणीय कार्य गरी नेपालस्तरीय ब्राण्ड प्राप्त गर्न सफल भएकोमा गौरवान्वित हुँदै आगामी दिनहरुमा समेत समुदाय र राष्ट्रको समृद्धिमा योगदान पु¥याउन सफलता मिल्ने विश्वास गर्दै चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उक्त अध्ययन भ्रमणको कार्यक्रमको क्रममा तीन संस्थाहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने संस्थाहरुमा मकवापुर जिल्ला भिमफेदी गाउँपालिका–४ स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था, मकवानपुर गढी गाउँपालिका–३ स्थित महिला जागरण बचत तथा ऋण सहकारी संस्था र हेटौंडा उपमहानगरपालिका– १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था रहेका छन् । सम्मानका क्रममा महिला अभियानको लेखा संयोजक राधा सिन्तान, महिला जागरणको अध्यक्ष कल्पना श्रेष्ठ र महिला मिलनको अध्यक्ष विष्णुमाया लामालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।


अध्ययन भ्रमण अन्तरक्रियाको क्रममा संस्थाका सचिव योगेन्द्रकुमार कुँवरले सहभागीहरुलाई स्वागत गरेका थिए । संस्थाका गतिविधिहरुको बारेमा प्रस्तुती संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले गरेका थिए भने सञ्चालक सूर्यनारायण मानन्धर, शरद कुँवर, दीलकुमारी महर्जन र लेखा सुपरीवेक्षण समितिका सदस्य भानुप्रकाश ढकालले सहभागीहरु संग अन्तरक्रिया गरेका थिए । मन्तव्यको क्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष राधा सिन्तानले सहकारी संस्थाहरुले हासिल गरेका उपलब्धिहरु सदस्य र समुदायस्तर सम्म बुझाउन आवश्यक रहेको कुरामा जोड दिए । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले मकवापुर जिल्ला बचत संघलाई अध्ययन अवलोकन भ्रमणको गन्तव्य आफ्नो संस्थालाई बनाएकोमा धन्यवाद ज्ञापन गर्दै मकवानपुर जिल्लाको सहकारीको गतिविधि र प्रगतिहरुबाट आफु प्रभावित भएको विचार व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार