सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित
बागलुङ, २२ चैत
जिल्ला सहकारी संघ बागलुङले सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई सम्मान गरिएको छ ।

६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित मुल समारोहबाट उनी सम्मानित भएका हुन् । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष समेत रहेका जिसीले बागलुङ जिल्ला सहित देशभरकै सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर रुपमा सक्रिय रहेकोले सम्मान गरिएको संघका अध्यक्ष दिपक गौतमले बताए ।
२०५० सालमा जिल्ला सहकारी संघको सहायक प्रवन्धकका रुपमा सहकारी अभियानमा प्रवेश गरेका जिसी २०५८ देखि सहकारी संघ संस्थाको नेतृत्व गर्दै आइरहनु भएको छ । सहकारी संस्थाको पदाधिकारी हुँदै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंकको सञ्चालक लगायत सहकारी अभियानका विभिन्न ठाउँमा रहेर ग्रामिण क्षेत्रमा सहकारी अभियानलाई प्रवद्र्धन गर्नुका साथैै जिल्ला सहकारी संघलाई सक्रिय र संस्थागत गराउन समेत जिसीको योगदान गरेको जिल्ला सहकारी संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार