बागलुङका दुई सहकारीलाई सहकारी बैंकको सम्मान
बागलुङ, २२ चैत

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट र नियमित कारोबार गर्ने दुईवटा सहकारी संस्थालाई सम्मान गरेको छ ।
बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने इमेज बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको हो ।
६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित मुल समारोहमा बैंकका अध्यक्ष के.बी.उप्रेती, प्रतिनिधिसभाका सदस्य मनकुमारी केसी, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी. ले संस्थाका पदाधिकारीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
हरेक आर्थिक वर्षमा शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने एक एक वटा सहकारी संघ संस्थाहरुलाई सम्मान गरिदै आएको बैंकले जनाएको छ ।
बैंकको साधारणसभामा केन्द्रीय स्तरमा पुरस्कार तथा सम्मान प्रदान गरिदै आएको छ । साधारणसभामा घोषणा गरी शाखा स्तरमा कारोबार गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत बागलुङका २ वटा सहकारीलाई सम्मान गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार