६२ औं सहकारी दिवसमा नेचुरल सहकारी सम्मानित
काठमाडौं, २० चैत्र
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी ६२ औं राष्ट्रिय सहकारी दिवसमा सम्मानित भएको छ ।
जिल्ला सहकारी संघ, काठमाडौंले सहकारी दिवस मनाउने क्रममा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सफल बनाउन पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानित भएको हो ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको भृकुटी मण्डपमा आयोजित एक कार्यक्रमको बीच सम्मानित भएको हो । प्रदेश तीनका सांसद तथा केन्द्रिय स्वास्थ्य सहकारी संघका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । नेचुरल सहकारीले बाग्मती सफाई र प्रभातफेरि विधामा दुई वटा प्रशंसा पत्र पाउन सफल भएको हो ।
नेचुरल सहकारीले सहकारीका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएको छ । सहकारीले काठमाडौंको जोरपाटी, साँखु र नयाँबजारबाट आफ्नै सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार