सुधीर बस्नेत र ओरेन्टल सहकारीको सबै सम्पत्ति लिलाममा
काठमाडौं, २० चैत्र

ओरेण्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेत र सहकारीको नाममा रहेको सबै सम्पत्ति लिलामीमा बिक्री हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संस्था र बस्नेतको नाममा रहेको चल अचल सम्पती लिलामि प्रक्रिया अघि बढाएको छ ।
बस्नेतको एकल स्वामित्वमा कोहिनुर हिल हाउजिङ प्रालि अन्तर्गत भेगाससिटी अपार्टमेन्ट रहेको छ । यस्तै भक्तपुरको गुन्डुमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा, संस्थाको नाममा रहेको चितवन, नवलपरासी, तनहुँ, कास्की, मकवानपुर, दाङ र मोरङको जग्गा लिलामबिक्री गर्न लागिएको समितिका सदस्य सचिव रेवतीरमण पोखरेलले जानकारी दिए ।
समितिले चैत्र २० गते (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेत र सहकारीको नाममा रहेको सबै सम्पत्ति लिलाम गरि सहकारी ऐन २०७४ को दफा १०८ अनुसार दायित्व भुक्तानी गर्ने बताएको छ ।
ओरेन्टल सहकारीबाट निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, सेयर सदस्य तथा अन्य गरी सात हजार पाँच सय ४६ जना पीडित छन् । सहकारीको १६ अर्ब एक करोड ४५ लाख दायित्व छ । संस्थाका निक्षेपकर्ताको आठ अर्ब ३८ करोड र अपार्टमेन्ट बुकिङकर्ताको चार अर्ब ९२ करोड रुपैयाँ फसेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार