प्रदेश ५ को उत्कृष्ठ सहकारी ‘सिको साकाेस’
बर्दिया, २० चैत्र
ठाकुरबाबा नगरपालिका भुरीगाँउ स्थित सिको बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ठ सहकारीको रुपमा पुरस्कृत भएको छ ।
६२ औं राष्ट्रिय सहकारी दिवसको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नगद दुई लाखसहित सिको साकोस पुरस्कृत भएको हो । मन्त्रालयले मंगलबार आयोजना गरेको विशेष समारोहको बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष दामोदर अधिकारीलाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
मन्त्रालयले सहकारी व्यवसायमार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याएको भन्दै पुरस्कृत गरेको हो ।
सरकारकोतर्फबाट पाएको राष्ट्रिय सम्मानले नेपालको सहकारी अभियानमा थप हौसला पुगेको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए । संस्थामा आवद्ध सदस्यहरु, कर्मचारी परिवारको अथक मिहेनतले सिको साकोस आज यो अवस्थामा आएको अधिकारीले बताए ।
अध्यक्ष अधिकारी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक हुन् । उनी यसै सिको सहकारीमार्फत नेफ्स्कूनमा प्रतिनिधित्व गर्दछन् ।
केही महिना अघि सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस एकिकरण भै सिको बचत तथा ऋण सहकारी को रुपमा एकिकृत कारोबार आरम्भ गरेको थियो ।संस्थाको सदस्य ५ हजार एक सय ५४ छ । संस्थाको सेयर १ करोड ८५ लाख ७४ हजार, बचत १४ करोड ७० लाख ५४ हजार, ऋण लगानी १५ करोड १७ लाख ८६ हजार र सम्पत्ती १८ करोड ८७ लाख १८ हजार रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार
