सहकारीखबर डटकम स्थापनाको ७ औं वर्षमा प्रवेश
नेचुरल मिडियाद्वारा सञ्चालित सहकारीखबर डटकम स्थापनाको ७ औं वर्षमा प्रवेश गरेको छ । पत्रकारिताको मूल मर्म, सत्य तथ्य र निष्पक्षतामा आधारित भई सहकारीका हरेक गतिविधि सहकारीखबरले समेट्दै आएको छ । मूलधारका मिडियाले सहकारीका विषयबस्तुलाई प्राथमिकता दिन कन्जुस्याईं गरिरहेको महसुस भइरहेका बेला हामी भने सहकारीको मूलमन्त्र पछ्याउँदै अनवरत यात्रामा छौं ।
हामी सूचनाको युगमा छौँ । अहिलेका हरेक नागरिक सञ्चारको सहज पहुँचमा छन् । पछिल्लो समय नेपालको पत्रकारितामा अनलाइन पत्रकारिता पनि स्थापित हुँदै गएको छ । अनलाइनको सशक्त र रचनात्मक हस्तक्षेप बढेको छ । सहकारीखबर डटकमले अनलाइन मिडियामार्फत सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगति, त्यस क्षेत्रमा प्राप्त सफलता, राज्यलाई गरेको योगदान, नीतिगत क्षेत्रमा देखिएका कमजोरी र सुधारका पक्ष लगायतबारेमा गहकिला विषय उठान गर्दै आएको छ । स्थापनाको छोटो समयमै अनलाइनले लोकप्रियता हासिल गर्न सफल भएको छ । यो सबै तपाईँ प्रबुद्ध पाठकहरुकै कारण सम्भव भएको हो ।
नेपालको सहकारी अभियानमा सञ्चारमाध्यमको तर्फबाट एक अभियन्ताका रुपमा सहकारीखबर डटकम उभिएको छ । सहकारी क्षत्रको सर्वाधिक लोकप्रिय मिडिया र सहकारीकर्मीको ढुकढुकी बन्न सफल भएको छ । नेपालको सहकारी आन्दोलनलाई द्रुत गतिमा अगाडी बढाउनका लागि सञ्चार क्षेत्रको भूमिका अब निर्णायक भइसकेको छ । यस कुरालाई मनन गरेर हामीले सहकारी क्षेत्रका सफलताका कथा र यसका समस्यालाई मात्र उजागर गरेका छैनौं, सहकारीमा आउन सक्ने सम्भावित संकटका विषयमा समेत सजग गराउने प्रयास गरेका छौं ।
यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापि प्रयाप्त थिएन र हुने पनि छैन । सहकारीखबर डट कमको उद्देश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपु¥याउन यहाँहरू सबैको योगदान छ । हामीले यस अवधिमा धेरै संघर्ष, चुनौती, व्यवधान, केही हौसला र अनुपम अनुभव संगालेका छौं । पछिल्लो युगको कान्छो पत्रकारिताका रूपमा स्थापित बन्दै गएको अनलाइन मिडियामार्फत हामीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, धेरै सफलताका कथा र केही नीतिगत विषयमा गहकिला विषय उठान गर्न सकेको आत्मानुभूति गरेका छौं । हामी अझै परिपक्व भएको दाबी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा स्थापित हुन सकेका छौं । र, यो अवसरमा हामीले पाएको स्थानलाई अझै उचाइँमा पु¥याउने दृढता समेत व्यक्त गर्दछौं ।
आशा छ, यहाँहरुको सहयोग विगतमाझैँ रहने छ । आमपाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आमरूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण र व्यवसायिकरुपमा अघि बढ्न थप ऊर्जा दिएको छ । नेपालको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले थुप्रै चुनौतीको सामना गरिरहेको छ । ती चुनौतीविरुद्ध लड्दै सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अगाडि बढाउन सक्ने सम्भावनालाई जनतामाझ छर्लङ्ग पार्ने माध्यम भनेकै सञ्चार क्षेत्र हो । सञ्चार क्षेत्रको विकास र विस्तारबिना सहकारीको सम्भावना छैन । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनका साथै सहकारी क्षेत्रका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि यही अवसरमा पुनः दोहो¥याउन चाहन्छौं ।
अन्त्यमा, सहकारीखबर डटकम ७ औं वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै शुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं ।
२०१३ साल चैत २० गते बाट सुरु नेपालको सहकारी आन्दोलन ६२ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण सहकारीकर्मीमा हार्दिक शुभकामना दिन चहान्छौं । सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई सहकारी सञ्चालकले व्यवहारिक रुपमा अवलम्बन नगर्दा तथा नियमन निकायले चासो नदिँदा केही सहकारीमा समस्या देखिएको छ । तिनलाई बेलैमा समाधान गरेर अगाडि बढेमा सुखद र सुन्दर भविष्य प्रतिक्षारत छ ।
जय सहकारी ।
सहकारी खबर तथा नेचुरल मिडिया परिवार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार