५ वैशाख २०८३, शनिवार

सहकारी महासंघले घोषणा गर्यो देशभरका उत्कृष्ट सहकारी

२०७५ चैत १९, मङ्गलबार
सहकारी महासंघले घोषणा गर्यो देशभरका उत्कृष्ट सहकारी

ncfbuilding

काठमाडौं, १९ चैत्र

राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी पुरस्कार–२०७५ र उत्कृष्ट सहकारी व्यवसाय पुरसकार–२०७५ प्राप्त गर्ने संघ/संस्थाहरुको नाम घोषणा गरेको छ । सहकारी पुरस्कारका लागि आवेदन भर्ने सहकारी संघ/संस्थाबाट महासंघले उत्कृष्ट संघ/संस्था घोषणा गरेको हो ।

महासंघको सहकारी पुरस्कार उपसमितिका संयोजक सुरेन्द्र भण्डारीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सो घोषणा गरेका हुन् ।

उत्कृष्ट सहकारी संघ/संस्थालाई अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट सहकारी पुरस्कारबाट बहुउद्देश्यी सहकारी संघ लि ललितपुर पुरस्कृत हुने भएको छ । त्यसैगरि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ बाट प्रदेश १ बाट झापाको शुभलक्ष्मी सहकारी संस्था चुनिएको छ । प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संसथा, प्रदेश ३ बाट ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि., प्रदेश ५ बाट रुपन्देहीको सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि., कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था लि र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत हुने भएका छन् ।

अभिलेख

लोकप्रिय