दार्चुलामा सहकारीभन्दा बैंकको प्रभाव बढी

धनराज जोशी
अध्यक्ष, जिल्ला सहकारी संघ, दार्चुला
दार्चुलाको सहकारी अभियान कसरी अघि बढेको छ ?
दार्चुलामा १ सय २७ प्रारम्भिक सहकारी र दुई संघ रहेका छन् । सबैभन्दा बढी बचत तथा ऋण सहकारी स्थापना भएका छन् । त्यसपछि बहुउद्देश्यीय, कृषि सहकारी छन् । उपभोक्ता १ र १ विद्युत् सहकारी छन् । समग्रमा जिल्लाको सहकारी अभियान ठीकै छ । ३०/४० वटा मात्रै क्रियाशिल रुपमा छन् । ती सहकारीले राम्रै काम गरेको छ । वित्तीय पुहुँच गाउँ गाउँमा पु¥याउन सफल भएको छ ।
सहकारीको लगानी के मा केन्द्रित छ ?
ठूला कारोबार गर्ने सहकारीले बैदेशिक रोजगारी, व्यापार व्यवसाय, घर–जग्गामा बढी लगानी गरेका छन् । पशुपालन र कृषि क्षेत्रमा पनि राम्रो लगानी सहकारीको छ । गाउँ गाउँमा सानो सानो व्यवसायमा पनि लगानी छ ।
बैंक र सहकारी बीच प्रतिस्पर्धा कस्तो छ ?
सदरमुकाम क्षेत्रमा बैंकको प्रभाव धेरै छ । व्यवसायीमा बैंकले प्रभाव जमाएका छन् । गाउँ गाउँमा भने सहकारीको प्रभाव बढी छ । गाउँ गाउँमा बैंकको पहुँच छैन ।
अन्य जिल्ला र दार्चुलाको सहकारी बीच के फरक पाउन भएको छ ?
काठमाडौं, पोखरा, नवलपरासी, सुर्खेत लगायत क्षेत्रको सहकारी अध्ययन गरेको छु तर ती क्षेत्रको जस्तो सहकारी दार्चुलामा छैनन् । संख्यात्मक रुपमा हामी कम छौं । जिल्ला संघ सक्षम पनि भैसकेको छैन । सूदुरपश्चिम क्षेत्रका सहकारीको तुलनामा हामी बलिया छौं । राम्रै काम गरेको जस्तो लाग्छ ।
जिल्ला संघले के गर्दै आएको छ ?
सहकारी संस्थालाई शिक्षा, तालिममा जोड दिएका छौं । नेफ्स्कून, सहकारी महासंघको सहकार्यमा तालिम, गोष्ठी लगायतको काम गर्दै आएका छौं ।
सहकारीका सदस्यले सहकारी कत्तिको बुझेका छन् ?
बुझाई कमै छ । त्यसमा सन्तुष्ट छैन । २०५३ सालबाट दार्चुलामा सहकारी अभियान दार्चुलामा सुरु भयो । त्यसभन्दा अघिका मानिसमा सहकारीको बारेमा ‘स’ पनि थाहा छैन । भविष्यमा सबैले सहकारी बुझ्नेछन् भन्ने अपेक्षा गरेका छौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार