म्याग्दीमा एकै पटक पाँच सहकारी गाभिए

म्याग्दी, १ चैत
म्याग्दीका पाँच वटा सहकारी संस्था बीच एकीकरण (मर्ज) भएको छ ।
मालिका गाउँपालिकामा दरबाङ रहेको पश्चिम दरबाङ साकोस, फूलबारी साकोस, बेनीको कामना साकोस, मंगलाको बाबियाचौर बहुउद्देश्यीय सहकारी र बेनी–४ स्थित सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच एकीकरण भएको हो । एकीकृत साधारणसभाले संस्थाको नाम पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको छ ।
साधारणसभाले सुरेन्द्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक, ऋण र लेखा समिति चयन गरेको छ ।
मर्जपछि संस्थाको तीन हजार ८ सय जना सदस्य भएको छ । संस्थाको सेयर पुँजी ५ करोड ७९ लाख ३८ हजार १ सय ९ रुपैंयाँ रहेको छ । चालु आर्थिक वर्षको हालसम्मको निक्षेप संकलन ३० करोड ६५ लाख २३ हजार ८ सय ८५ र ३२ करोड ७० लाख २ हजार ४ सय ५० रुपंैयाँ कर्जा लगानी छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार