५ वैशाख २०८३, शनिवार

धितोमा सहकारीले आँखा लगाउँदा बैंकभन्दा सहकारी धनी बन्दै गएः पूर्व गभर्नर क्षेत्री

२०७५ फागुन २८, मङ्गलबार
धितोमा सहकारीले आँखा लगाउँदा बैंकभन्दा सहकारी धनी बन्दै गएः  पूर्व गभर्नर क्षेत्री

Dipendra-bahadur-Chhetri

काठमाडौं, २८ फागुन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सहकारीहरु धनि हुनेको रहस्य खुलासा गरेका छन् । ऋण प्रवाह गर्दा सेवा शुल्क बढी र विभिन्न शिर्षकमा अनावश्यक सर्भिस चार्ज लिने गरेका कारण धनि भएका बताए ।

ऋण प्रवाह गर्दा धितो बढी राख्ने र ऋण चुक्ता गर्न केही समय ढिला हुने वित्तिकै धितो लिलामीमा जाने कारणले सहकारी बैंकभन्दा धनि भएको बताए ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजना र सहकारी विभागको सहयोगमा सम्पन्न सहकारी एकिकरण छलफल कार्यक्रममा चर्को ब्याज असुर गरी सहकारी धनि भएको बताए ।

यी र यस्ता खालका विकृती सहकारीमा रहेको बताउँदै क्षेत्रीले सरकारले नियमनमा जोड दिनुपर्ने बताए ।

अभिलेख

लोकप्रिय