नेचुरल सहकारीको आयोजनामा दन्त परिक्षण, पाँच सय जना लाभान्वित

काठमाडौं, १७ फागुन
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लक्षित गरी दन्त शिविर (दन्त परिक्षण)को आयोजना गरेको छ ।
काठमाडौंको शाँखु क्षेत्रका सदस्यहरुको लागि मध्येनजर गर्दै हिमाल डेण्टल हस्पिटलको सहकार्यमा हिल साईड एकेडेमीमा बृहत दन्त परिक्षण तथा उपचारको आयोजना गरेको हो ।
दन्त शिविरबाट संस्थाका सदस्य, स्थानीय, कर्मचारी, विद्यार्थीलगायत पाँच सय जना लाभान्वित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले जानकारी दिए ।
उक्त बृहत दन्त परिक्षण तथा उपचारमा डा. सविन पौडेल र डा. होमले दन्त परिक्षण तथा उपचार गरेका थिए ।

संस्थाले आर्थिक अतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर गर्दै आएको प्रमुख पाठकले बताए । सदस्यहरुको स्वास्थ्यमा मध्येनजर गर्दै दन्त शिविरको आयोजना गरिएको उनले बताए । संस्थाले सदस्य हितको काम गर्दै आएको र आगामी दिनमा पनि सदस्य हितका विविध कार्यक्रम निरन्तररुपमा लैजाने उनले बताए ।
नेचुल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकको प्रमुख आतिथ्यता र हिल साईड एकेडेमीका सभापति रमेश तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिमाल डेण्टलका प्रबन्ध निर्देशन डा. राजेन्द्र भट्ट, नेचुरलका सञ्चालक पार्वती मानन्धर, हिमाल डेण्टल तर्फबाट कार्यक्रम संयोजक कमला कार्की, नेचुरलका प्रबन्धक शैलेश कोईराला, शाँखु सेवा केन्द्रका प्रमुख घनश्याम नेपाल, नयाँ बजार सेवा केन्द्रका शाखा प्रमुख अशोक राई लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार