५ वैशाख २०८३, शनिवार

कैलाशभक्त प्रधानाङ्गलाई सहकारी अभियन्ता सम्मान

२०७५ फागुन १, बुधबार
कैलाशभक्त प्रधानाङ्गलाई सहकारी अभियन्ता सम्मान

11

ललितपुर, १ फागुन
सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मान गरेको छ ।

१५ औं वार्षिक साधारणसभामा घोषणा भए अनुसार मंगलवार प्रधानाङ्गलाई सहकारी अभियान्ता सम्मानबाट सम्मान गरिएको हो ।

भक्तपुरको नगदेश स्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहनु भएका प्रधानाङ्गलाई बैंकका अध्यक्ष, लेखा संयोजक, सञ्चालकहरु, लेखा सदस्यहरु, प्रमुख कार्यकारी प्रमुख, ठिमी शाखाका प्रमुख लगायतको टोलीले उहाँको संस्थामै पुगेर सम्मान गरेको हो ।

बैंकले हरेक साधारणसभामा सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सहकारी संघ, संस्थाहरु, संस्थापकहरु, पूर्व सञ्चालकहरु, पत्रकार, सहकारी विज्ञ तथा सहकारी अभियन्ताहरुलाई सम्मान गर्दै आइरहेको छ ।

अन्य संघ संस्था तथा व्यक्तिहरुलाई गत पुस २१ र २२ गते सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा सम्मान गरिएको थियो । स्वास्थ्यको प्रतिकुलताका कारण साधारणसभामा उपस्थित हुन नसकेका प्रधानाङ्गलाई उनको संस्थामै गएर सम्मान पत्र प्रदान गरिएको हो ।

सम्मान ग्रहण गर्दै सहकारी अभियन्ता प्रधानाङ्गले समग्र सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

बैंक स्थापनामा समेत आफ्नो तर्फबाट महत्वपूर्ण सहयोग भएको जानकारी गराउदै उनले सहकारीमार्फत उत्पादन, प्रशोधन, बजारीकरण, रोजगारी सिर्जना लगायतका विषयमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकको सेवा सुविधालाई प्रभावकारी बनाउनुका साथै नीतिगत सुधारमा सबैको सहयोगको अपेक्षा राखे ।

अभिलेख

लोकप्रिय