कहाँबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।
तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको लागि ऋण लियो भने महंगो ब्याज पर्छ, कुनैबाट लिदा सस्तो पर्छ ।
त्यसो भए कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त भन्ने प्रश्न उठ्न सक्छ । यसको लागि तपाइले बैंकहरुको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक तीन महिनामा प्रकाशित गर्ने वित्तीय विवरणमा आधार दर प्रकाशित गर्ने गरेका हुन्छन् । यो आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिदा सस्तो वा महंगो ब्याज तिर्नु पर्छ भन्ने संकेत गरिसकेको हुन्छ ।
बैंकहरुले ऋण दिदा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महंगो ब्याज लिन्छन् । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत ब्यवस्थामा नै आधार दरमा प्रिमिय जोडेर कर्जाको ब्याज लिन पाइने भनिएको छ । बैंकहरुले यस्तो प्रिमियम ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म लिने गरका छन् ।
आधार दरमा कतिसम्म प्रिमिय जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टसँग नभनेको भएपनि अर्काे नीतिगत ब्यवस्थाले यसलाई नियमन गर्ने गरेको छ । त्यो भनेको निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेड) दर हो ।
राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजको अन्तर ५ प्रतिशतभन्दा बढी हुनै नहुने नीतिगत ब्यवस्था गरेको छ ।
कुन बैंकको ऋण सस्तो पर्छ ?
बैंकहरुले गत पुस मसान्तसम्मको आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् । उनीहरुले प्रकाशित गरेको आधार दरले नै कुन बैंकबाट ऋण लिदा सस्तो पर्ने र कुनको महंगो पर्ने भन्ने संकेत गर्छ ।
बैंकहरुले ऋण दिदा आधार दरमा प्रिमियम जोड्ने भएकोले सकेसम्म कम जोड्न बैंकलाई तपाइ आफैले आग्रह गर्नुपर्ने हुन्छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ । यसको अर्थ राष्ट्रिय बाणिज्य बैंकबाट ऋण लिदा सबैभन्दा कम ब्याज तिर्नुपर्छ भन्ने नै हो । तर, उसले आधार दरमा बढी प्रिमियम जोड्यो र राष्ट्रिय बाणिज्य बैंककोभन्दा आधार दर बढी भएको बैंकले आधार दरमा नगन्य प्रिमियम जोड्यो वा जोड्दै नजोडि दियो भने अर्काे बैंकबाट सस्तोमा कर्जा पाइदैन भन्ने पनि होइन ।
गत पुस मसान्तमा राष्ट्रिय बाणिज्य बैंकको आधार दर ५.६ प्रतिशत छ । नेपाल बैंकको ६.०६ प्रतिशत छ ।
नविल बैंकको आधार दर ७.९४ प्रतिशत छ । एभरेष्ट बैंकको ८.२२ प्रतिशत छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ८.९६, हिमालयन बैंकको ९.११, एनआइसी एशिया बैंकको ९.३३, प्रभु बैंकको ९.३७ र सानिमा बैंकको ९.७५ प्रतिशत छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका अनुसार नेपाल एसबीआइ बैंकको ९.८२, ग्लोबल आइएमइ बैंकको १०.०९, एनएमबी बैंकको १०.११, प्राइम बैंकको १०.१७, लक्ष्मी बैंकको १०.३६, सिद्धार्थ बैंकको १०.५९ र बैंक अफ काठमाडौंको १०.६ प्रतिशत आधार दर छ ।
यस्तै सनराइज बैंकको १०.६३, सिटिजन्स बैंक इन्टरनेसनलको १०.७९, नेपाल बंगलादेश बैंकको १०.८२, मेगा बैंकको १०.८३, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १०.८७, माछापुच्छ्रे बैंकको १०.९९, जनता बैंकको ११.०४, कृषि विकास बैंकको ११.१५, सेन्चुरी बैंकको ११.५, र कुमारी बैंकको ११.५५ प्रतिशत आधार दर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार