सहारा नेपाल थप्यो सहकारी बैंकमा २ करोडको सेयर

झापा, २८ माघ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने २ झापाले राष्ट्रिय सहकारी बैंक लिमिटेड को २ करोडको शेयर रकम थप गरि कुल ४ करोड ६० लाख १० हजार पुर्याएको छ ।
माघ २६ मा प्रतिनिधी सभा सदस्य तथा अन्तर्राष्ट्रीय सम्बन्ध समन्वय समितिका सभापति पबित्रा निरौला खरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती, राष्ट्रिय सहकारी बैंकका लेखा समिति लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय सहकारी बैंकका संचालक तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख मुना घिमिरे तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बैकका अध्यक्ष केबि उप्रेतीलाई २ करोडको चेक हस्तान्तरण गरेका थिए ।
उक्त अबसरमा बोल्दै बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारी बैंकको विकासमा सहारा नेपाल सहकारीद्वारा पुर्याएको योगदान प्रति प्रसंशा गर्दै बैंकले सहकारी मार्फत सबल राष्ट्र निर्माणमा अग्रसर भएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार