सदस्यलाई साली नदी भ्रमण गराउँदै चन्द्रागिरी सहकारी

काठमाडौं, १७ माघ
थानकोट स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले गराउँदै आएको साली नदी भ्रमणमा सदस्यहरुले उल्लेख्य सहभागिता जनाएका छन् ।
साली नदी मेला (स्वस्थानी व्रत) शुभारम्भ भएदेखि हालसम्म संस्थाले चौथो पटक सदस्यहरुलाई भ्रमण गराएको छ । हालसम्म २ सय ५० सदस्यले साली नदीको दर्शन तथा भ्रमण गरेको संस्थाका प्रमुअ कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
‘सबै सदस्यहरुलाई साली नदी भ्रमणको लागि आव्हान गरिएको छ’, श्रेष्ठले भने, ‘सदस्यहरुको माग बमोजिम मेला अवधिभर भ्रमण गराउने छौं ।’
चन्द्रागिरी सहकारीले हरेक वर्ष सदस्यहरुलाई धार्मिक भ्रमण गराउँदै आएको र यस वर्ष महिना दिन भर इच्छुक सदस्यलाई साली नदीको दर्शन गराउने श्रेष्ठले बताए । चन्द्रागिरीको ‘सदस्य सम्बन्ध व्यवस्थापन’ कार्यक्रम अन्तर्गत यस भ्रमण कार्यक्रम राखिएको श्रेष्ठले बताए ।
स्वस्थानी व्रत एक महिनासम्म अर्थात् माघ शुक्ल पूणिर्मासम्म चल्दछ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार